Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आजदेखि पेट्रोल, डिजेलको मूल्य बढ्यो

आजदेखि पेट्रोल, डिजेलको मूल्य बढ्यो

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज (बिहीबार)देखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा दुई–दुई रुपैँया मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रुड आयल) को मूल्य बढ्दै गएको तथा नेपाली रुपैँयाको तुलनामा डलरको अधिमूल्यन हुँदै गएकाले पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमका निमित्त कार्यकारी निर्देशक शुशील भट्टराईले बताए ।
मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर ११० र डिजेल तथा मटितेलको मूल्य ९२ रुपैँया प्रतिलिटर पुगेको छ । निगमले हवाइ इन्धन तथा ग्यासको मूल्य भने यथावत् राखेको छ । मूल्य समायोजनपछि पेट्रालमा ७२ पैसा नाफा रहेको छ । डिजेल र खाना फकाउने ग्यासमा २ रुपैँया २९ पैसा र ६४ रुपैँया २९ पैसा घाटा रहेको छ । यो घाटालाई हवाई इन्धन, पेट्रोल तथा मटितेलमा प्राप्त हुने नाफाबाट क्रस सब्सिडाइज गरिने भट्टराईले बताए । यो मूल्य निर्धारण भएपछि निगमलाई कुनै नाफा छैन । निगमले भारतीय आयल कर्पोरेसनको मे १५ को बिक्री मूल्य अनुसार मूल्य समायोजन गरेको हो । निगमले स्वचालित मूल्य पद्धति अनुसार हरेक पाक्षिकमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x