Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आज मन्त्रिपरिषद् विस्तार हुँदै, संघीय समाजवादी फोरम पनि सरकारमा सामेल हुने

आज मन्त्रिपरिषद् विस्तार हुँदै, संघीय समाजवादी फोरम पनि सरकारमा सामेल हुने

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय समाजवादी फोरमलाई समेत समावेश गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पनि टुंगो लागेको बताइएको छ । एमाले र माओवादी दुवै दलले मन्त्री बन्नेहरुको सूची टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएका थिए । फोरम पनि सरकारमा सहभागी हुने भएपछि उपेन्द्र यादव ओली सरकारको परराष्ट्र मन्त्री बन्ने चर्चा छ । फोरमलाई परराष्ट्र सहित, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय र प्रतिनिधिसभामा उपसभामुख दिइने भएको छ ।
त्यस्तै एमालेका तर्फबाट मन्त्री बन्नेहरुमा महासचिव इश्वर पोखरले, सचिव प्रदीप ज्ञवाली, दोलखाका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, प्रतिनिधिसभा सदस्य प्रेम आले र रविन्द्र अधिकारीको चर्चा छ । ईश्वर पोखरेललाई अर्थ तथा योजना र ज्ञवालीलाई भौतिक योजना तथा निर्माण र गुरुङलाई पर्यटन मन्त्रालय दिइने भएको छ । ओलीले अर्थशास्त्री डा. युवराज खतिवडालाई पूर्ण कार्यभार सहित अर्थराज्यमन्त्री बनाउन खोजेको भएपनि सर्वोच्च अदालतले ओली सरकारले सिफारिश गरेका तीन राष्ट्रियसभा सदस्यलाई सपथ नखुवाउन आइतबार अन्तरिम आदेश जारी गरेको छ । पछि सरकारका पक्षमा फैसला भए खतिवडालाई राज्यमन्त्रीको रुपमा अर्थमा ल्याइने बताइएको छ ।
मओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् भने उक्त पदमा गिरिराजमणी पोखरेलले पनि चाहना राखेका छन् । सरकारमा रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव, शक्ति बहादुर बस्नेत, देवेन्द्र पौडेल, बिना मगर र सुदन किराँती पठाइने भएको छ । माओवादीमा भने मन्त्री बनाउनेहरुको सूचीलाई अन्तिम रुप दिन अझै गृहकार्य चलिरहेको छ । प्रभु साह, चन्द्र प्रकाश खनाल (बलदेव), देवेन्द्र पौडेल (सुनील) ले समेत सरकारमा सहभागी हुने इच्छा देखाएपछि प्रचण्ड थप अप्ठेरोमा परेका हुन् ।
त्यसो त एमालेका अन्य काकांक्षीहरु विष्णु पौडेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे तथा पद्मा अर्याल लगायतलाई समायोजन गर्न पनि ओलीका लागि ठूलै चुनौती रहेको बताइन्छ । योगेश भट्टराईले सूचना तथा सञ्चार र सुरेन्द्र पाण्डेले अर्थ मन्त्री बन्ने चाहना राखेका छन् । स्रोतहरुका अनुसार, पौडेल या पाण्डेलाई रक्षा मन्त्री बनाएर भट्टराईलाई सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x