Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आरम्भ माइक्रोफाइनान्सको आजबाट शेयर बिक्री खुला

आरम्भ माइक्रोफाइनान्सको आजबाट शेयर बिक्री खुला

काठमाडौं, १५ फागुन । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको फागुन १५ गतेदेखि प्राथमिक शेयर निष्काशन (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको दुई करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले निष्कासन गरेको २ लाख ९४ हजार कित्ता सेयरमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । उक्त आइपिओ छिटोमा फागुन २१ गते र ढिलोमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था भएपनि न्यूनतम ५० कित्ता मात्र शेयर भर्नुु नै बुद्धिमानी हुन्छ ।
आइपिओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । आरम्भको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा रहेको छ। । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त संस्थाले नेपालका १५ पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ । लघुवित्तका कम्पनीको गत कात्तिक १८ गते सम्पन्न तेस्रो बार्षिक साधारणसभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x