Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आर्थिक विकासका लागि विश्व बैंकका ६ सूत्र

आर्थिक विकासका लागि विश्व बैंकका ६ सूत्र

काठमाडौं, ३० फागुन । विश्व ब्यांकले आर्थिक विकासका लागि ६ सूत्र सुझाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘सिस्टम्याटिक कन्ट्री डायग्नोस्टिक’ले नेपालले लक्ष्य गरेको तीव्र आर्थिक वृद्धिदर हासिल गर्न ६ क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाएको हो । विश्व बैंकको अध्ययन प्रतिवेदनले सुझाएका ६ क्षेत्रमा आधारित रहेर विश्व बैंकले सहायता रणनीति तयार गर्छ । विश्व बैंकले राजनीतिक समावेशीकरण महत्वपूर्ण रहेको उल्लेख गर्दै शक्ति सन्तुलनका लागि यसलाई अपरिहार्य भनेको छ ।
दोस्रो, निजी क्षेत्रको लगानी प्रवद्र्धन गरी धेरै रोजगारी सिर्जना गर्ने । रोजगारी सिर्जनाका लागि सीप विकासलाई अपरिहार्य आवश्यकता रहेको औंल्याइएको छ । नेपालको ठूलो श्रमशक्ति कम आम्दानी हुने कृषि क्षेत्रमा रहेको छ भने यो क्षेत्रमा उत्पादकत्वमा कमी आइरहेको छ । अर्कोतर्फ, विश्व ब्यांकको प्रतिवेदनले रोजगारीका लागि बाहिरिने कामदारहरु बढी सीपयुक्त र उत्पादन वृद्धिका लागि सहयोगी हुने उल्लेख गरेको छ । रोजगारीका लागि बाहिरिने युवाको तुलनामा नेपालमै काम गरिरहेका युवाहरु कम सन्तुष्ट देखिन्छन् ।
तेश्रो महत्वपूर्ण पक्ष, प्राकृतिक स्रोतको उपयोग हो । विश्व ब्यांकका अनुसार, जलविद्युत्, जंगल जस्ता प्राकृतिक स्रोतको उपयोगका लागि लगानी अभिवृद्धिलाई अर्को प्रमुख शर्तका रुपमा राखिएको छ । अहिलेसम्म नेपालमा सम्भाव्य जलविद्युत्को २ प्रतिशतमात्र उपयोग गरिएको छ ।
मानवश्रोतमा लगानीलाई अर्को मुख्य शर्तका रुपमा अघि सारिएको छ । राम्रो शिक्षा, स्वास्थ्य, सीप, स्वतन्त्रता तथा विभेदको अन्त्यले मानवश्रोतले राम्रो रोजगारी प्राप्त गर्न सक्छ । प्राकृतिक विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्राकृतिक विपद्को झट्का थेग्नसक्ने अर्थतन्त्र निर्माणमा विश्व ब्यांकले जोड दिएको छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने कामदारहरुको सीप अभिवृद्धि गरी बढी रेमिट्यान्स भित्र्याउनेतर्फ जोड दिन प्रतिवेदनले सुझाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x