Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

इको टुरिजमका लागि नेपाल विश्वकै नमुना गन्तव्य

इको टुरिजमका लागि नेपाल विश्वकै नमुना गन्तव्य

काठमाडौँ, १६ भदौ । अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन) का लागि विश्वकै नमुना गन्तव्य भएको र सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धन बिना नै नेपाल आउने बताएका छन् ।

राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई पहिलो सम्बोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अष्ट्रेलियाका राजदूत पिटर बडले नेपाल सरकारमा पर्यटन विकासप्रतिको अत्यन्त सकारात्मक सोच भइरहेको अवस्थामा नेपालीहरुले आफ्नै देशमा बसेर अष्ट्रेलियाको सरकारी मान्यताप्राप्त शिक्षा आर्जन गर्न सफल विद्यार्थीलाई बधाइ दिदैे नेपाल र अष्ट्रेलियाबीच सरकारबीचको सम्बन्ध जस्तै जनस्तरको सम्बन्ध अझ दरिलो बनाउन यस्ता शैक्षिक कार्यक्रमले थप योगदान पु¥याउने धारणा राखे  ।

सो अवसरमा याक एन्ड यति होटलका महाप्रबन्धक मोनिका साइब्लरले नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव अहिले नै अनुभूति भइसकेको चर्चा गर्दै अन्तर्राष्ट्रिय योग्यता भएका दक्ष युवायुवतीले स्वदेशमै काम गर्नका लागि प्रेरणा प्राप्त गर्नुपर्न भन्दै सीप, क्षमता र दक्षताअनुसार नेपालमै कामका लागि आग्रह गरे ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेज नेपालमा यस प्रकारको योग्यताका दिने, दक्षिण एसियाकै पहिलो कलेज भएको बताउँदै छोटो अवधिको प्राविधिक तथा व्यावसायिक तालिमले नेपाली युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्छ भने ठूलो परिमाणमा विदेशिने पैसालाई स्वदेशमै रोक्ने दाबी गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x