Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

इन्धनको मूल्य बढ्यो

इन्धनको मूल्य बढ्यो

काठमाडौं, मंसीर २२ । नेपाल आयल निगमले सबैथरी इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार रातीदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७-७७ रुपैयाँ र हवाई इन्धन (आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।

यो मूल्य काठमाडौं उपत्यका, सुर्खेत र दिपायलका लागि तय गरिएको हो । पोखरा र दाङमा भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य प्रत्येकमा ७६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।

त्यस्तै, चारली, वीरगञ्ज, विराटनगर, महेन्द्रनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा डिपोबाट १५ किलोमिटर दूरीमा खरिद गर्ने उपभोक्ताले प्रतिलिटर पेट्रोल ९८ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रत्येकमा ७५ रुपैयाँ ५० पैसा मा खरिद गर्न पाउनेछन् । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य तराईका जिल्लामा १३ सय ५० रुपैयाँ तथा दाङ, कैलाली, बाँके, बर्दिया र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ कायम गरिएको छ ।

नयाँ मूल्य अनुसार निगमको मासिक घाटा अब ४० करोड रुपैयाँमा सीमित हुनेछ । हाल निगमको मासिक घाटा करीव एक अर्ब रुपैयाँ छ ।

नयाँ मूल्य अनुसार अब निगमलाई प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५३ पैसा र मट्टीतेलमा १४ रुपैयाँ ३६ नाफा हुनेछ । त्यस्तै, मूल्य बढेपनि निगमले प्रतिलिटर डिजेलमा २ रुपैयाँ ७१ पैसा घाटा व्यहोर्नुपर्नेछ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २२६ रुपैयाँ ७७ पैसा घाटा रहेको निमगले जनाएको छ । मूल्य बढाउँदा पनि नेपालमा कायम हुने मूल्य भारतको भन्दा डिजेलमा २३ रुपैयाँ ९९ पैसा र पेट्रोलमा १९ रुपैयाँ ४० पैसा सस्तो पर्नेछ ।

निगमले चुनावअघि नै इन्धनको मूल्य वृद्धि गरे पनि आपूर्तिमन्त्री जयन्त चन्दले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मूल्यवृद्धि फिर्ता लिन लगाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x