Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उत्तरकोरियलाई सघाएको आरोपमा पानीजहाज र कम्पनी राष्ट्रसंघको कालो सूचीमा

उत्तरकोरियलाई सघाएको आरोपमा पानीजहाज र कम्पनी राष्ट्रसंघको कालो सूचीमा

काठमाडौं, १७ चैत । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएको आरोप लगाउदै २७ वटा पानीजहाज, २१ वटा पानीजहाज सेवा कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ । राष्ट्र संघको यो कदमलाई उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने तयारीका रुपमा पनि लिइएको छ ।

गत महिना अमेरिकाले तेल, कोइला लागायत वस्तुको तस्करी बढेको भन्दै नियन्त्रणका लागि जहाज र तिनका कम्पनीलाई कारबाहीको दायरामा ल्याउने उपायसहितको प्रस्ताव परिषदमा गरेको थियो । प्रतिबन्ध लगाइएका तेल ट्याङ्कर र कार्गो पानीजहाजलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रोक लगाइएको र ती कम्पनीको सम्पत्ति रोक्का गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x