Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उपत्यका सहित मुलुकभर लोडसेडिङ नभएको प्राधिकरणको प्रष्टोक्ति

काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यका लगायत मुलुकभर घोषित÷अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट्याएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ती जारी गर्दै प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनी बुझ्नु नहुने बताएका छन् । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको पनि उनले बताए ।

सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ । विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले
विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए जारी विज्ञप्तीमा उल्लेख छ , त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।

‘सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्ने लगायतका प्राविधिक कारणले केही समय विद्युत कटौती भएको हुन सक्ने भएपनि लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x