Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सबै क्षेत्रलाई समेट्ने गरी सरकारले नयाँ बजेट ल्याउने ःअर्थमन्त्री खतिवडा

सबै क्षेत्रलाई समेट्ने गरी सरकारले नयाँ बजेट ल्याउने ःअर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै क्षेत्रलाई समेट्ने गरी सरकारले नयाँ बजेट ल्याउने बताउनुभयो । राजधानिमा आयोजित नेपाल व्यवस्थापन संघ द्धारा आयोजित पुर्व बजेट सम्बन्धी अर्नतक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । नयाँ बजेटले सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने विस्वास समेत उहाँले व्यक्त गर्नुभयो । सोहि अवसरमा बोल्दै ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ कटौति गर्न नसकिने पनि स्पष्ट पार्नु भयो । बजेट राजनीतिक तथा आर्थिक दस्ताबेज भएकाले यसले संसददेखि जनतासम्मलाई नयाँ सन्देश दिनुपर्नेे भनाई उहाँको छ अर्थमन्त्री खतिवडाले मुलुकमा रहेका बर्गीय, जातीय, क्षेत्रीय, लैंगिक सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने उदेश्य आगामी आर्थिक वर्षको बजेटमो हुने पनि बताउनु भयो ।

यस्तै अनुदान, कर अथवा ऋणको सहायता विना नै वजेट ल्याउने जस्ता असम्भव तर्क नगर्न पनि आग्रह गर्नुभयो । सोहि कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले उद्यमशीलताको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी बजेट ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले नयाँ बजेट उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी ल्याउनपर्ने कुरामा जोड दिनुभयो साथै बजेटले आयातित बस्तुहरुको बढदो आकर्षणलाई घटाउँदै लैजानुपर्ने बताउनुभयो ।

सोहि कार्यक्रममा संघियता विज्ञ डा. खिमलाल देवकोटाले बजेट कार्यान्वयनका लागी सरकारले सबै प्रदेशका लागी उचित बजेट व्यवस्थापनमा जोड दिनुभयो । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्ष २०७५ ७६ आय व्ययको अनुमानित बजेट जेठ १५ गते भित्र संसदमा पेश गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x