Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेबाबाट कारोवार संचालन

एक शाखा र ६ शाखा रहित बैकिङ्ग सेबाबाट कारोवार संचालन

काठमाण्डौँ,१२ असार । जनता बैंक  लिमिटेडले कारोवार विस्तारको क्रममा एक नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोवार शुरु गरेको छ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको  छ  भने बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरिएको छ भने दार्चुलाको काँडापारीबाट यही आसार १४ गते देखि शाखा रहित बैंकिङ्ग कारोवार सुरु हुने बैंकले जनाएको छ ।

यस्तै सेवा बजारमा उपलब्धवि भिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पु¥याउने उद्देश्य सहित जनता बैंक नेपाल लिमिटेडको रु. १० लाख सम्मको दुर्घटना बिमा र बार्षिक रु. १ लाख सम्मको औषधी उपचार सुविधा सहित आकर्षक बीमा सुविधा सहितको बचत योजना‘जनता सुरक्षा बचत खाता’ पनि संचालनमा रहेको छ । यस योजना मार्फत ग्राहकहरुले उच्च प्रतिफल सहितको निक्षेप योजनामा सहभागी भई स्वास्थ्य उपचार सेवा समेत प्राप्त गर्न सक्नेछन् । हाल जनता बैंकले देश भरीबाट १ सय १९ शाखा ४७ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवाप्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x