Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एडीबीको थप सहयोग प्रतिवद्धता, दीगो विकास लक्ष्य हासिल गर्न सघाउने

एडीबीको थप सहयोग प्रतिवद्धता, दीगो विकास लक्ष्य हासिल गर्न सघाउने

काठमाडौं, ३० चैत्र । एसियाली विकास बैंकका उपाध्यक्ष वेनकाइ झाङले प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी सरकारका विकास एजेण्डाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल संघीय राज्यप्रणाली कार्यान्वयनतर्फ अघि बढीरहेकाले संक्रमणलाई छिटो र सरल बनाउन आवश्यक सहयोग गर्ने उनले बताए ।

नेपाललाई समावेशी र दीगो विकास हासिल गर्नका लागि बहुपक्षीय दातृ निकाय एडीबीले पूर्ण सहयोग गर्ने उनको भनाई थियो । बिहीबार साँझ प्रधानमन्त्रीसँग भेट्नुअघि उपाध्यक्ष झाङले अर्थमन्त्री युवराज खतिवडा, अर्थसचिव राजन खनालसँग आगामी दिनमा साझेदारीको दिशाबारे छलफल गरेका थिए । एसियाली विकास बैंकले सन् २०२० देखि नयाँ राष्ट्रिय साझेदारी रणनीति अनुरुप सहयोग अघि बढाउनेछ । एडीबीले भौतिक पूर्वाधार, मानव पुँजी विकास, उर्जा, सहरी विकास तथा यातायात पूर्वाधार, शिक्षा र कृषि क्षेत्रमा ऋण, अनुदान तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x