Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एडीबीको प्रक्षेपण चालु आवमा नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा कम

एडीबीको प्रक्षेपण चालु आवमा नेपालको आर्थिक बृद्धिदर ५ प्रतिशत भन्दा कम

काठमाडौं, २८ चैत । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि घटेर ४.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ। एडीबीले बुधबार चालु आर्थिक वर्षको आर्थिक परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धिमा गिरावट आउने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ६.९ प्रतिशत रहेकोम थियो । सरकारले ७.२ प्रतिशत वृद्धि लक्ष्य लिएपछि कृषि उत्पादनमा कमी आएपछि सो लक्ष्यलाई संशोधन गर्दै ६ प्रतिशत मात्र हुने अनुमान गरेको छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा एक तिहाइ अंश रहेको कृषि र औद्योगिक क्षेत्रमा मन्दी आउने भएपछि समग्र आर्थिक क्षेत्रको वृद्धि घट्ने एडीबीका अर्थशास्त्री मानवरसिंह खड्काले जानकारी दिए ।

यस्तै चालु आवमा मूल्यवृद्धि साढे ४ प्रतिशत हुने छ । अर्को वर्ष बढेर साढे ५ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । यस्तै सरकारी खर्चमा र लगानीमा भएको सुधारले चालु आवको आर्थिक वृद्धिलाई उकास्ने एडीबीको ठहर छ । आर्थिक वर्ष ०७५÷०७६ मा आर्थिक वृद्धि साढे ५ प्रतिशत हुने अनुमान एडीबीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x