Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एडीबीको सहयोगमा संचालित आयोजनाहरुको कार्यसम्पादन सुधारमा जोड

एडीबीको सहयोगमा संचालित आयोजनाहरुको कार्यसम्पादन सुधारमा जोड

काठमाडौं,१८ साउन । एशियाली विकास वैंकको सहयोगमा सञ्चालित नेपालका आयोजनाहरुको कार्यसम्पादन सुधारसम्बन्धी छलफल भएको छ ।

छलफल साना तथा मझौला किसानको आयस्तर वृद्धि आयोजना, सूचना संचार तथा प्रविधि विकास आयोजना, विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन आयोजना, दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनालगायत आयोजनाहरुको कार्यसम्पादन सुधार गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा अर्थ सचिव शान्तराज सुवेदीले खासगरी अधिकतम सहयोग प्राप्त गर्न प्रभाव पार्ने आठ वटा आयोजनाहरुको कार्यन्वयनमा विषेश ध्यान केन्द्रित गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई आग्रह समेत गर्नुभयो ।

छलफलमा विभिन्न मन्त्रालयका सचिव, एशियाली विकास वैंकको सहयोगमा संचालित आयोजनाका प्रमुख तथा अर्थ मन्त्रालयका विशिष्ट पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x