Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआइसी एसिया बैंकले १ अर्व ८३ करोड बराबरको ऋणपत्र निस्कासन गर्ने

एनआइसी एसिया बैंकले १ अर्व ८३ करोड बराबरको ऋणपत्र निस्कासन गर्ने

काठमाडौं, २५ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्व ८३ करोड रुपैयाँ बराबरकोे “११% एनआईसी एशिया ऋणपत्र २०८२÷८३” निष्काशन गर्ने भएको छ । त्यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।यस अगाडि बंैकले जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको जानकारी दिइएको छ ।

१ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख रुपैयाँ) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिने एनआइसीले जानकारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x