Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशियाले निक्षेप र कर्जामा गर्याे व्यापक सुधार, नाफा भने खुम्चियो

एनआईसी एशियाले निक्षेप र कर्जामा गर्याे व्यापक सुधार, नाफा भने खुम्चियो

काठमाडौं, ७ वैशाख । एनआईसी एशिया बैंकले सार्वजनिक गरेको वित्तीय विवरणको आधारमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा व्यापक सुधार गरेको छ । बैंकले समिक्षा अवधिमा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ७९ अर्ब ६ करोड रुपैयाँ र कर्जा प्रवाह ६८ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा बैंकले तेस्रो त्रैमासिकमा १३ अर्ब रुपैयाँले निक्षेप संकलनमा र ६ अर्ब रुपैयाँले कर्जा प्रवाहमा वृद्धि गरेको छ । दोस्रो त्रैमासिकमा बैंकको निक्षेप संकलन १ खर्ब २० अर्ब रुपैयाँ र कर्जा प्रवाह १ खर्ब २ अर्ब रुपैयाँ रहेका थियो ।

समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दामीमा समेत सुधार गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८४ करोड रुपैयाँ खुद व्याज आम्दामी गरेकोमा समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दामी २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यस्तै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बैंकको खुद व्याज आम्दामी १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । तिन महिनामा बैंकले १ अर्ब ११ करोड रुपैयाँले खुद व्याज आम्दामी वृद्धि गरेको छ ।

सार्वजनिक वित्तीय विवरणको आधारमा एनआईसी एशिया बैंकको निक्षेप र कर्जाको तुलनामा मुनाफा आर्जन भने सन्तोषजनक आवस्थामा छैन । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जनमा संकुचन आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन ९२ करोड ७६ लाख रुपैयाँमा सिमित भएको छ । यस्तै बैंकको संचालन मुनाफामा समेत कमी आएको छ । बैंकले समिक्षा अवधिमा १ अर्ब २० करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x