Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआरएनएद्धारा बैदेशीक रोजगारीमा शुन्य लागतमा जोड

एनआरएनएद्धारा बैदेशीक रोजगारीमा शुन्य लागतमा जोड

काठमाण्डौँ, ९ भदौ । गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनले १६ बुँदे दुबई घोषणापत्र समेत जारी गरेको छ । उक्त सम्मेलनमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउन शून्यलागतलाई प्रभावकारी बनाउन श्रम सम्झौतामा जोड दिनुका साथै नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्ने सरकारको कदमलाई स्वागत गरेको छ ।

यसका साथै सम्मेलनले नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनःश्रम स्वीकृति दिने ब्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउन पराराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरेको छ । सरकारले तीनवर्ष अघि शून्य लागतको नीति लागु गरे पनि यसको कार्यान्वयन नहुँदा कामदार झन् पीडित बनेका छन् । कामदारले एक लाख रुपैंया बुझाउँदा पनि म्यानपावर कम्पनीले १० हजार सेवा शुल्कको रसिद दिँदै आएको छ ।

सम्मेलनले बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई देशमै पुर्नस्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्न, एक हजारभन्दा बढी महिलाहरु कार्यरत देशमा आवश्यकताअनुसार संंरक्षण गृह बनाउन, नेपाली कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि आवश्यक ब्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x