Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनएमबि बैंकले पायो एफपिओ निष्कासनको अनुमती

एनएमबि बैंकले पायो एफपिओ निष्कासनको अनुमती

काठमाडौं, २१ जेठ । एनएमबि बैंकले थप शेयर निष्कासन (एफपिओ) को लागि अनुमती पाएको छ । बैंकलाई एफपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमती दिएको हो ।

बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ ल्याउने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा २३३ रुपैयाँ जोडेर एफपिओ निष्कासन गर्ने जनाएको छ ।

बैंकले निष्कासन गर्न लागेको एफपिओलाई ईक्रा नेपालले आइपिओ ग्रेड ३ ले मापन गरेको छ । उक्त मापनले बैंकको वित्तीय अवस्था औषत आधारमा रहेको देखाउँछ । बैंकले उक्त एफपिओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

एफपिओ निष्कासन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनका लागि बैंकलाई करिब ४० करोड रुपैयाँको आवश्यक पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x