Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनटीभीएमा कार्कीको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन

एनटीभीएमा कार्कीको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं, १३ पुस । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) को अध्यक्षमा नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । कार्की एनटीभीएका पूर्वअध्यक्षसमेत हुन ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा तिलक लोहार, द्धितीय उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा प्रकाश सापकोटा र कोषाध्यक्षमा शंखनारायण महर्जन हुनुहुन्छ भने कार्यसमिति सदस्यहरुमा काजी थापा, भरत तिमिल्सिना, प्रतिकार कार्की, सम्भुप्रसाद खकुरेल र अनिल मोत्तान रहेका छन् ।

एनटीभीएको निर्वाचन तालिकाअनुसार पुस १० गते मनोनयन दर्ता रहेको थियो । निर्वाचन मनोनयन समय सिमाभित्र सबै पदमा १, १ जनाको मात्रै मनोनयन परेकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । पुस १४ गते हुने संस्थाको १४औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिको औपचारिक घोषणा गरिने एनटीभीएले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x