Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनबी इन्स्योरेन्सको नाम परिवर्तन गरि आईएमई जनरल इन्स्योरेन्स राखियो 

काठमाडौं, ७ मंसिर । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाम र लोगो परिवर्तन गरिएको  छ। कम्पनीले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि कम्पनीको नाम आइएमई जनरल ईन्स्योरेन्स राखिएको जानकारी दिइएको हो ।

नीर्जीवन बीमा क्षेत्रमा २० वर्षदेखि सेवारत एनबी इन्स्योरेन्स विगतमा विविध कारण समस्याग्रस्त बनेपछि २०७१ माघ ५ गते देखि आइएमई समूह लगायतका अन्य व्यक्तिहरुले खरिद गरि २०७२ असार देखि पुन संचालनमा ल्याइएको थियो । नयाँ व्यवस्थापनले सम्हालेपछि ६ वर्ष देखि हुन नसकेको साधारण सभा पनि सम्पन्न गरिएको थियो । सोही साधारण सभाले कम्पनीको नाम र लोगो परिवर्तन गर्ने निर्णय पनि गरेको थियो ।

हाल यस आईएमई जनरल इन्स्योरेन्स कम्पनीको चूक्ता पूँजी ५४ करोड रुपैयाँ रहेको छ । बीमा समितिको निर्देशन अनुसार पूँजी बृद्धिका लागि ८० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेको छ । हकप्रद पश्चात कम्पनीको चूक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्ने छ । एक अर्व पूँजी पुर्याउन अपुग रकमका लागि ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने कम्पनीको योजना रहेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा कम्पनीले २२ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरि २ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल कम्पनीले २५ वटा शाखा संजाल र १० वटा सेवा काउन्टर सहित ३५ स्थानबाट बीमा सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x