Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रधानमन्त्री देउवाद्वारा राजीनामा, एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियूक्त हुदै, दिउँसो ४ बजे सपथ

प्रधानमन्त्री देउवाद्वारा राजीनामा, एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियूक्त हुदै, दिउँसो ४ बजे सपथ

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित आज बिहान एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए ।
ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ । बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एकएकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।

यसैबीच आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज जनताको नाममा सम्बोधन गर्दै उनले पदबाट राजनीनामा दिएको घोषणा गरेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x