Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एमाले र माओवादी ‘मर्ज’ भएर नेपाल कम्युनिष्ट पार्टी बन्ने

एमाले र माओवादी ‘मर्ज’ भएर नेपाल कम्युनिष्ट पार्टी बन्ने

काठमाडौं, ८ फागुन । लामो गृहकार्यपछि दुई ठूला कम्युनिष्ट पार्टी एकीकृत हुने आधारपत्रमा हस्ताक्षर गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन गरी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सफल भएपछि दुई ठूला कम्युष्टि पार्टीबीच एकता हुन लागेको हो । सोमबार राती अबेर भएको सहमति अनुसार दुई पार्टीका अध्यक्षहरुले संयुक्त नेतृत्वलाई स्वीकार गरी पार्टी एकीकरणलाई सार्थकता दिने भएका हुन् । कतिपयले यसलाई माओवादीको एमालेमा विलय भनेका छन् भने कतिपयले प्रचण्ड एमालेमा शक्तिशाली अध्यक्ष बन्नसक्ने समेतका टिप्पणी गरेका छन् ।
कम्युनिष्ट राजनीतिक चिन्तन बोक्ने दुई राजनीतिक दलबीच भएको समझदारी अनुसार एमालेले अँगाल्दै आएको बहुदलीय जनवाद र माओवादीको सशस्त्र जनयुद्धको शान्तिपूर्ण रुपान्तरणलाई मिलनबिन्दूका रुपमा पहिल्याइएको छ । उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार गरी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने भएको छ भने आगामी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा सम्पन्न गर्न दुई दल सहमत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x