Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एशियन लाईफको हकप्रद सेयर बिक्री प्रबन्धमा एनआइबिएलएस क्यापिटल नियूक्त

काठमाडौं, १ भद्रौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । उक्त सम्झौता—पत्रमा कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नु गरेका छन् ।
कम्पनीले १० औं वार्षिक साधारण सभाले १० बराबर ६ शेयरको अनुपातमा ७५ करोड ४० लाख रुपैयाँ बराबरका हकप्रद सेयर निष्कासनको निर्णय गरेको थियो ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ दरको ७५ लाख ४० हजार बराबर कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ साथै हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्तापूँजी २ अर्व १ करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । पाँच अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको हाल चुक्ता पूँजी. १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ रहेको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमाकोष १३ अर्ब १३ करोड रुपैयाँ र कूल लगानी १२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखा मार्फत देशैभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x