Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एसईईको परीक्षाफल  – नियमिततर्फ १४ हजार २३४ को मात्र ‘ए प्लस

एसईईको परीक्षाफल  – नियमिततर्फ १४ हजार २३४ को मात्र ‘ए प्लस

२०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा नियमिततर्फ ४ लाख ५१ हजार ५३२ जना परीक्षार्थी सहभागी भएकोमा १४ हजार २३४ जनाले जीपीए ३ दशमलव ६५ देखि ४ सम्म अर्थात् ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएका छन् ।

त्यस्तै, जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६४ सम्म ल्याएर ४६ हजार १३० जना, जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २४ सम्म ल्याएर ४९ हजार ३७ जना, जीपीए २ दशमलव ४५ देखि २ दशमलव ८४ सम्म ल्याएर ७० हजार ५१२ जना, २ दशमलव शून्य ५ देखि २ दशमलव ४४ सम्म ल्याएर ६१ हजार ८७० जना, जीपीए १ दशमलव ६५ देखि २ दशमलव शून्य ४ सम्म ल्याएर १ लाख १ हजार ४३ जना, जीपीए १ दशमलव २५ देखि १ दशमलव ६४ सम्म ३५ हजार ५८४ जना र शून्य दशमलव ८५ देखि १ दशमलव २४ सम्म ल्याएर ५८ हजार ६८८ जना उत्तीर्ण भएका छन् ।

सैद्धान्तिक विषयको परीक्षा नदिएका १ हजार २५० जना, उत्तरपुस्तिका रद्द भएका ११ जना र परीक्षा नदिएका १३ हजार ९० जना रहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । त्यसैगरी, एक्जाम्टेडतर्फ जम्मा २५ हजार १३८ जना परीक्षार्थी रहेकोमा जीपीए ३ दशमलव ६५ देखि ४ सम्म अर्थात् ‘ए प्लस’ ल्याएर कोही पनि उत्तीर्ण भएका छैनन् । यसतर्फ जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६४ सम्म ल्याउने जम्मा दुई जना छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x