Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

करको बिवाद छिटै हल हुन्छ: मन्त्री खतिवडा

करको बिवाद छिटै हल हुन्छ: मन्त्री खतिवडा

काठमाडौं, २७ साउन । अर्थमन्त्री डा.युवराज खतिवडाले आन्तरिक राजस्व विभाग र मातहतका कर्मचारीहरुलाई कसैको डर, क्रास र प्रलोभनमा नपरि निर्भिकरुपमा काम गर्न निर्देशन दिएका छन् । विभागको व्यवस्थापन गोष्ठिको उद्घाटन कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन ।

कुनै पनि कर्मचारीले बेइमान गरेमा वा लोभमा फसेको आधिकारिक जानकारी प्राप्त भए कडा कारबाही गर्ने चेतावनी पनि मन्त्री खतिवडाले दिए । साथै उनले मुलुक संघीय संरचनामा गएसँगै देखिएको कर विवाद पनि छिटै हल हुने विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा उद्यमी, व्यवसायीहरुले राज्यलाई बुझाएको सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले कर तिर्न जादा डर, क्रमसबाट मुक्त हुने वातावरणको सृजना गर्न पनि गर्नसरकारसँग आग्रह गरे । मुलुकको विकासका लागि लागि उठाइएको कर विकास निर्माणमा सदुपयोग गर्न आग्रह उनीहरुको आग्रह थियो ।

मुलुक भरका विभागका कर्मचारीहरुलाई भेला गराई विभागले गत आर्थिक वर्षको कर समिक्षा एवं आगामी रणीतिबारे दुई दिने छलफल कार्यक्रम आयोजना गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x