Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कर्णाली डेभलपमेन्ट बैंकको मुल्य समायोजन

कर्णाली डेभलपमेन्ट बैंकको मुल्य समायोजन

काठमाडौं, २० पौष । नेपाल स्टक एक्सचेन्जले कर्णाली डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन गरेको छ । बैंकले हकप्रद शेयर निष्कासन गर्ने भएपछि नेप्सेले १४० रुपैयाँमा बैंकको शेयर मुल्य समायोजन गरेको हो । बैंकले १ बराबर २.२५ का दरले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य १८७ रुपैयाँ रहेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ३३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ९७ हजार पाँच सय कित्ता हकप्रद शेयर जारी गर्दैछ । बैंकको गत आषाढ ३ गते बसेको विशेष साधारण सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको हो । बैंकले हकप्रद शेयर निष्कासनका लागि पौष २० गते बुक क्लोज गरेकोे छ ।

यस बैंकको हकप्रद शेयर पुँजीकरण पछिको चुक्ता पुँजी ४९ करोड ७ लाख रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । कर्णाली डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x