Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कर्णाली प्रदेशको ध्यान पर्यटन विकासमा

कर्णाली प्रदेशको ध्यान पर्यटन विकासमा

सुर्खेत २४ असार । गत बैशाख १ गते रारा बाट पर्यटन बर्ष २००७५ को विधिवत उद्घाटन गरेकव कर्णाली प्रदेश सरकारले यस बर्ष पर्यटन विकासमा आफ्नो ध्यान केन्द्रित गर्ने भएको छ । जसका लागि ९८ करोड बजेट विनियोजन गरिएको छ । कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर पर्यटनलाइ मुख्य जोड दिएर बजेट छुट्याएको हो । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिनुभयो । यो कुल बजेटको ५२ प्रतिशत भन्दा बढी हो।

पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई  दुई करोड, बुलबुले ताल निर्माणमा रु पाँच करोड र काक्रेविहारका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ । जस अन्तर्गत पर्यटनका संभावना उजार र प्रवृद्धनका लागि १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x