Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काभ्रेको नागीडाडाँमा आन्तरिक विमानस्थलको सम्भाव्यता अध्ययन शुरु

काभ्रेको नागीडाडाँमा आन्तरिक विमानस्थलको सम्भाव्यता अध्ययन शुरु

काठमाडौं, १९ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्टिय उडानको चाप अत्याधिक बढेपछि आन्तरिक विमानस्थललाई अन्यत्रै सार्ने गृहकार्य शुरु भएको छ । काभ्रे जिल्लाको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माणका लागि गृहकार्य शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, संघीय संसद्का सदस्यहरु, प्रदेशसभा सदस्यहरु र नागरिक उड्यन प्राधिकरणको टोलीले काभ्रेको नागीडाँडा, ठूलीचौर, चिसापानी ठूलीचौर लगायतका स्थानहरुको अवलोकन गरेको छ । राजधानीसँग नजिक रहेकाले काभ्रेमा आन्तरिक विमानस्थल बनाउन उपयुक्त हुने विज्ञहरुको तर्क छ ।
उक्त टोलीले काभ्रेका स्थानीय समुदायसँग छलफल पनि गरेको छ । धुलीखेल नजिकको ठूलीचौर र बनेपाको नागिडाँडा दुवै आन्तरिक विमानस्थल निर्माणका लागि उपयुक्त देखिएको अधिकारीहरुले बताएका छन् । मन्त्री अधिकारीले यस विषयमा अध्ययनको लागि विज्ञहरु सम्मिलित चार सदस्यीय अध्ययन टोली गठन गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । आन्तरिक विमानस्थल निर्माण गर्न चार वर्ष लाग्नेछ । नागरिक उड्ययन प्राधिकरणबाट दुई वर्षअघि गरिएको अध्ययनमा ठूलीचौरभन्दा नागीडाँडा बढी सम्भाव्य देखाइएको थियो । आन्तरिक विमानस्थलमा १,२०० मिटर लामो रनवे हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x