Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कारोवार विवरण नबुझाउने विराटनगरका ३४ फर्म उपर कारबाही  

कारोवार विवरण नबुझाउने विराटनगरका ३४ फर्म उपर कारबाही  

मोरङ, जेठ ९ । आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समय कारोबार गर्ने तर कारोबारको विवरण नबुझाउने फर्म  उपर कारबाहीको अभियान थालेको छ । मोरङका ठूला व्यापारिक घरानासहितका विभिन्न ३४ व्यापारिक र्फममाथि सम्पूर्ण आर्थिक कारोवारको प्रतिबन्ध लगाएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका कार्यालयका प्रमुख दिलिप गौतमका अनुसार कारबाही पर्ने ३४ र्फमका सञ्चालकको घरजग्गा, बैंक खाता र निकासी-पैठारी रोक्का गरिएको छ । चालु अबस्थामा कारेाबार गरिरहेका तर, कारोबारको बिवरण नबुझान अटेर गर्ने सामान्य व्यापारीदेखि अर्बपति व्यवसायीसम्मको काररोबार रोकेको उनले जानकारी दिए ।

कुल कारोबार ५० लाखभन्दा बढीको रहेछ भने त्यस्तो व्यवसायीले मूल्य अभिबृद्धि करमा दर्ता हुनै पर्ने बाध्यकारी प्रावधान छ । तर ५० लाखभन्दा बढीको कारोबार गरेर पनि मूल्य अभिबृद्धि करमा दर्ता हुन नमान्ने, दर्ता भइहाले पनि कर नतिर्ने स्वभावका व्यवसायीलाई कारबाहीको दायरामा ल्याइ छाडने आन्तरिक राजश्व कार्यालयले बिराटनगरले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x