Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कालिका माइक्रोक्रेडिटले २१.२१ प्रतिशत बोनस दिने

कालिका माइक्रोक्रेडिटले २१.२१ प्रतिशत बोनस दिने

काठमाडौं, २ पौष । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई २१.२१ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त निर्णय मंसिर २९ गते बसेको बैंकको संचालक समितिको १४०औं बैठकले गरेको हो । यस्तै बैठकमा शेयरधनीहरुलाई कर तिर्नका लागि ९ लाख २९ हजार ५३ रुपैयाँ नगद लाभांश समेत दिने निर्णय भएको छ । बैंकले गरेको उक्त निर्णयको सुचना नेप्सेलाई गराइएको छ ।

बैंकले प्रस्ताव गरेको बानेस शेयर र नगद लाभांशको स्विकृतिको लागि राष्ट्र बैंकमा पठाइएको छ । लाभांश वितरणको स्विकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले प्रस्तावित लाभांशलाई पारित गर्ने छ । बैंकले प्रस्ताव गरेको २१.२१ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँबाट बढेर १० करोड रुपैयाँ पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x