Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कीर्तिपुर बाल साहित्य महोत्सव हुँदै

कीर्तिपुर बाल साहित्य महोत्सव हुँदै

काठमाडौं, १८ फागुन । कीर्तिपुर नगरपालिका, कथालय प्रकाशन, बाल कला संग्राहालय र क्रिएटिभ एकेडेमीको संयुक्त आयोजनामा भोली फागुन १९ गते ‘कीर्तिपुर बाल साहित्य महोत्सव’को आयोजना हुदैंछ । उक्त कार्यक्रम क्रिएटिभ एकेडेमीको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा पुस्तक प्रदर्शनी, म्याजिक शो, नाटक, सांगीतिक कार्यक्रम, रोबर्टिक्स, कला प्रदर्शनी, कार्टुन क्यारेक्टरहरुको परेड, खेलहरु, फोटो स्ट्यान्ड र डिजिटल लर्निङ प्रमुख आकर्षक रहने छ । साथै कथालेखन, कथा वाचन, कविता कर्नल, भिडिया मेकिङ, चित्रकला कार्यशाला, स्रष्टासंग संवाद रहने छ । विषेशसरि बालबालिका, विद्यार्थीहरुलाई मध्यनजार गर्दै उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नयनराज पाण्डेलगायतका कलाकार तथा लेखकहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x