Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुल ग्राहस्थ उत्पादनमा कृषिको योग्दान खुम्चै गएकोमा उपराष्ट्रपतिको चिन्ता

कुल ग्राहस्थ उत्पादनमा कृषिको योग्दान खुम्चै गएकोमा उपराष्ट्रपतिको चिन्ता

काठमाडौं, ८ असार । उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योग्दान खुम्चिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको मुख्य आयोजनामा भएको खाद्य सम्मेलनमा उनले नेपालको ६६ प्रतिशत नागरिक कृषि पेशामा निर्भर रहेको भएपनि बार्षिक ४० अर्ब रुपैयाँ भन्दा बढिको खाद्यन्न आयात हुनु अस्वभाविक भएको  बताए ।

उत्पादन वृद्धि, खाद्यनमा आत्मनिर्भरता र निर्यातमा जोड आजको आवश्यकता भएको उनले बताए । ‘कुनै बेला नेपालमा उत्पादित चामल निर्यात गर्न एउटा छुटै विभाग नै थियो’ उनले भने ‘तर आज चामल मात्रै नभई मकै, गहुँ, कोदो, फापर पनि आयात गर्नु परको छ । हरेक नेपालीको भान्सामा आयातित कृषिजन्य बस्तु पाक्ने गरेको छ । पछिल्लो ८ महिनामा मात्रै ३० अर्ब रुपैयाँ बराबरको खाद्यबस्तु आयात भएको छ।’

देशमा आर्थिक समृद्धिको कुरा भइरहेको बेला समृद्धिका लागि नागरिकहरु स्वस्थ रहन जरुरी रहेको पनि उपराष्ट्रपति पुनले बताए । ‘नेपालीहरुको भान्सामा विषादियुक्त खाद्य तथा तरकारिहरु पाकिरहेका छन् उनले भने एकातिर उचित खानपानको अभावका कारण कुपोषीत भइरहेको र अर्कोतिर विषादियुक्त उत्पादनको प्रयोगले स्वास्थ्यमा गम्भिर समस्या आउनु मानव स्वास्थ्यका लागि गम्भिर समस्या हो ।” दुई दिने सम्मेलनले भुमि व्यवस्थापन, सुकुम्बासी समस्या समाधान, जमिन अतिक्रमण रोक, सिँचाइको व्यवस्था, आधुनिक कृषि प्रणाली तथा कृषि औजारको व्यवस्था, अर्गानिक उत्पादनमा पुर्ण जोड र बजारको उचित व्यवस्थापन तथा अनुगमन जस्ता कुरामा उचित निष्कर्ष निकाल्ने विश्वास लिएको उनले बताए ।

त्यस्तै सम्मेलनमा कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले विषादियुक्त खाद्यन्नको प्रयोगले धेरै नेपालीहरुको ज्यान गुम्ने गरेकोले खाद्य सुरक्षामा विशेष जोड दिइन । भारतसँगको खुल्ला सिमानाले अखाध्य बस्तु भित्रिरहेका भन्दै उनले नेपाल र भारत सरकार विच कृषि उत्पादन, अनुसन्धान र दुइ देश विचको सहज बजार व्यवस्थापनमा चाडो सम्झौता गरी व्यवस्थित गर्नु पर्ने बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x