Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि विकास बैंकले तय गर्यो वार्षिक साधारण सभा र बुक क्लोजको मिति

कृषि विकास बैंकले तय गर्यो वार्षिक साधारण सभा र बुक क्लोजको मिति

काठमाडौं, ७ माघ । कृषि विकास बैंकले माघ २९ गते ११औं वार्षिक साधारण सभा राख्ने भएको छ । बैंकले उक्त साधारण सभामा शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर तिर्नको लागि १.५३ प्रतिशत नगद लाभंश दिने भएको छ । बोनस शेयरसंगै बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशत हुने आउने नगद लाभांश समेत दिने जनाएको छ ।

बोनस शेयर र वार्षिक साधारण सभाका लागि बैंकले माघ १५ देखी २९ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्न शेयरलगानीकर्ताहरुले माद्ध १४ गतेसम्ममा बैंकको शेयर खरिद गर्नुपर्दछ ।

कृषि विकास बैंकले प्रस्ताव गरेको बोनस शेयर पछि चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x