Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दो

कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दो

विगत चार वर्षअघिबाट सञ्चालनमा आएको यस होमस्टेमा गाउँमै उत्पादित कृषिजन्य वस्तुको स्वादिला परिकारको स्वादमा रमाउन आन्तरिक पर्यटकसँगै हिजोआज विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ । सदरमुकाम तानसेन घुम्न आउने पर्यटक बास बस्न र कृषिजन्य वस्तुको स्वादिला परिकारमा रमाउन यहाँ आउने गर्दछन् ।

गत वर्ष एक हजार जति आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन् भने यस आर्थिक वर्षको हालसम्म ९०० को हाराहारीमा पर्यटक भित्रिएको व्यवस्थापक अमर गुरुङले बताए । तीनवटा घरमा सञ्चालित यस होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्ने व्यवस्था रहेको उनले बताए ।

यहाँ गाउँमा उत्पादित कृषिजन्य वस्तुको परिकारको साथमा ग्राहकको रोजाइअनुसारका विभिन्न परिकार बन्ने गर्दछ । एक दिन र रातका लागि एक नेपालीका लागि दुई हजार २०० र विदेशीका लागि तीन हजार ३०० शुल्क तोकिएको छ । मासिक रुपमा रु सात लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यका साथ कृषि होमस्टे सञ्चालनमा ल्याइएको व्यवस्थापक गुरुङले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x