Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

केएल मोबाइल हवमा भिडभाड, सस्तो मुल्यमा मोबाइल उपलब्ध

केएल मोबाइल हवमा भिडभाड, सस्तो मुल्यमा मोबाइल उपलब्ध

काठमाडौं, ८ फागुन । रानधानीको चाबहिलमा रहेको केएल मोबाइल हबले मोबाइल मेलामा सस्तो मूल्यमा उपभोक्ताहरुलाई मोबाइल बिक्री गराउने जनाएको छ ।

फागुन १ गतेदेखि मोबाइलहबमा मोबाइल मेला सञ्चालन भइरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेहरुलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

मेलामा मोबाइल किन्नेहरुको चाप बढे पछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागि गराउने लक्ष्य मोबाइल हबले लिएको छ । सस्तोमा मोबाइल किने पछि पनि हात खाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्नेछन् । मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको छ ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामा खेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्ट्स्टमा फोटो खिचाएर पनि मोबाइल जित्न सक्ने अफरहरु छन् ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । गल्फ खेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइलहबले मिलाएको छ । साथै मोबाइलहवले मेला अवधि भरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागि भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइलहबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७मोबाइल पाउने छन् ।

यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामा ग्राहकको उपस्थिती बाक्लो भएको मोबाइलहबका निर्देशक संगम राई बताउँछन् । धेरै ग्राहकलाई केएल मोबाइलहबले सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउन दोहोरो अफरका साथै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइएको राईको भनाई छ ।

हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नाम दिइएको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।

विश्व बजारमा पाइने २५ भन्दाबढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहबमा उपलब्ध छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x