Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

केन्द्रिय बहिरा क्याम्पसलाई जनता बैंकको आर्थिक सहयोग

केन्द्रिय बहिरा क्याम्पसलाई जनता बैंकको आर्थिक सहयोग

काठमाडौं, ४ असोज । जनता बैंक नेपालले केन्द्रिय बहिरा क्याम्पसलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत बैंकले क्याम्पसलाई नगद ५ लाख रुपैयाँ सहित ५ थान ल्यापटप, १ थान कम्पुटर र एक थान प्रोजेटर सहयोग गरेको हो ।

सबिकको त्रिवेणी विकास बैंकले प्रदान गदै आएको सो सहयोग त्रिवेणी बैंक जनता बैकसंग मर्ज भए पश्चात जनता बैंकले क्याम्पसलाई प्रदान गरेको जनाइएको छ । क्याम्पसमा विगत ५ बर्षबाट प्राथमिक तह देखी स्नातक तह सम्म पठनपाठन हुदै आएको छ ।

बैंकले देशका विभिन्न स्थानमा स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि विभिन्न सहयोग गर्दै आएको छ । हाल बैंकले मुलुक भर १ सय २३ शाखा कार्यालयहरु र ४० शाखा रहित बैंकिङ्गहरुबाट ५ लाख भन्दा बढी आफ्ना ग्राहकहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x