Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

केयर रेटिङ (नेपाल)लाई बोर्डको सञ्चालन अनुमति

केयर रेटिङ (नेपाल)लाई बोर्डको सञ्चालन अनुमति

काठमाडौं, ३ मंसिर । नेपाल धितोपत्र बोर्डले केयर रेटिङ (नेपाल) लिमिटेडलाई क्रेडिट रेटिङ कार्य गर्न स्वीकृति प्रदान गरेको छ । नेपालमा एउटा इक्रा नेपाल नामक संस्थाले मात्र क्रेडिट रेटिङ एजेन्सीको काम गरिरहेकोमा नयाँ कम्पनीलाई सञ्चालन अनुमति दिएसँगै रेटिङ कार्यमा पनि विकल्प उपलब्ध भएको छ । अन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापनाको लागि भदौ १५ गते विशाल गु्रप र इमर्जिंग नेपालले त्रिपक्षीय सम्झौता गरेका थिए ।
विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिगं नेपाल भेन्चर क्यापिटल क्षेत्रमा सक्रिय रुपमा काम रहँदै आएको संस्था हो । २ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिगंको ५१, विशाल ग्रुपको १९ र इमर्जिगं नेपालको १० तथा अरु २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी जुटाउने योजना छ । नेपालमा सार्वजनिक रुपमा शेयर निष्काशन गर्दा अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x