Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’
माघ मसान्तपछि सत्ता समीकरण फेरिन्छ, राष्ट्रिय सरकार बन्छ(चौधरी

माघ, काठमाडौं । ‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनक चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् ।

फोरम लोकतान्त्रिकका महासचिव चौधरीले अनलाइनखबरसँग भने, ‘अब माघ मसान्तपछि सत्ता समिकरण फेरिन सक्छ । राष्ट्रिय सहमतिको सरकारको हावा चल्न थालिसकेको छ, यस्तोमा भूतले खाजा खाने बेला बिजय दाइ सरकारमा जाने कुरा हल्लामात्र हो ।’

एमाले देशको दोस्रो ठूलो र जनमतको हिसाबले बलियो पार्टी भएको भन्दै चौधरीले एमालेको असहमति बीच संविधान संसोधन पास भए पनि त्यो लागु नहुने बताए ।

त्यसो भए अबको निकास चाहिँ के त रु

अबको निकास भनेको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने । त्यहि सरकारले चुनाव गराउँछ । संविधान संशोधनमा पनि त्यहि सरकारले राष्ट्रिय सहमति जुटाउछ । अहिले म धेरै भन्न चाहान्न, तर अब सत्ता समिकरण फेरिने संकेत देखिँदैछ । माघ मसान्तपछि नयाँ ढंगले राजनीति अघि बढ्छ ।

तपाईले भन्न खोजेको अब शेरवहादुर देउवाको नेतृत्वमा सरकार बन्छ भन्ने हो रु

होइन, प्रचण्ड नै निरन्तर रहने गरी नयाँ गठबन्धन बन्न सक्छ । कांग्रेस फेरि बाहिर रहन पनि सक्छ । विस्तारै धु्रविकरण नयाँ ढंगले हुँदैछ । अहिले नै मलाई धेरै कुरा बोल्न नलाउनुस्, तर हामीले माघ अन्तिमपछि नयाँ धु्रविकरण हुने संकेत देखिरहेका छौं ।

संविधान संशोधनमा पनि यी ठूला दलहरु एक ठाउँमा नभएसम्म गणितीय रुपमा दुई तिहाई बहुमत पुर्‍याउनुको अर्थ छैन

संविधान संसोधनको पक्षमा दुई तिहाई पुर्‍याउन तपाईहरुलाई समेत सकारमामा लैजाने भनिरहेका बेला, तपाई चाहिँ नयाँ समिकरणको कुरा गर्दै हुनुहुन्छ नि रु

दुई तिहाई त हामीहरु सरकारमा गएपछि पुग्ला । तर, एमाले बिनाको दुई तिहाईको के अर्थ रु एमाले जस्तो त्यत्रो ठूलो पार्टीलाई बाहिर राखेर तपाईले दुई तिहाई जुटाए पनि संविधान कार्यन्वयन हुदैन ।

हामीले स्वीकार गरे पनि नगरे पनि एमाले १८४ सिट सहितको दोस्रो ठूलो दल हो । त्यसैले एमालेलाई स्पेश दिएर अघि बढ्ने गरी राजनीतिक समिकरण बन्छ अब ।

एमालेलाई स्पेश दिने भनेको के त रु

हामीले बुझे अनुसार अब राष्ट्रिय सहमतिको सरकार बन्नेछ । त्यो सरकारको नेतृत्व कांग्रेस वा एमाले जसले गरे पनि हुन्छ । तर, कांग्रेस एमालेसहित सबै दलहरु मिलेरमात्र संविधान कार्यान्वयन सम्भव छ । संविधान संशोधनमा पनि यी ठूला दलहरु एक ठाउँमा नभएसम्म गणितीय रुपमा दुई तिहाई बहुमत पुर्‍याउनुको अर्थ छैन । राष्ट्रिय सहमतिको सरकारले संविधान संशोधनमा पनि सबैलाई मान्य राष्ट्रिय सहमति जुटाउने र चुनाव गराउने कुरा नै सबैभन्दा उपयुक्त हो । तर, केही व्यक्तिहरु एमालेल मुक्त नेपाल बनाउने भनेर राजनीतिलाई ध्रुविकरण गर्दैछन् । यो भनेको आत्मरति मात्र हो ।

एमाले एकातिर, अरु शक्ति एकातिर अर्थात एमाले मुक्त नेपालका लागि १० वर्ष कांग्रेस माओवादी र मधेशी मोर्चा मिल्ने कुरा आएको छ, यसमा तपाईहरु पर्नुहुन्छ कि पर्नुहुन्न रु

हामी त्यो एमाले बिरोधी गठबन्धनमा छैनौं । कसैले एमाले मुक्त नेपाल वा एमाले मुक्त मधेसको कल्पना गरेको छ भने त्यो भ्रम हो । चुनावबाट जनताले अभिमत दिन्छन्, त्यसको सामना गर्न तयार हुनुपर्छ । तर, अनावश्यक रुपमा दलहरुबीच ध्रुविकरण गराएर उत्तेजना फैलाउने कुरामा हामी विश्वास गर्दैनौं ।

त्यति ठूलो पार्टीलाई बाइपास गरेर संविधान संशोधन गर्छौं, संविधान कार्यन्वयन गर्छौं भन्नु पनि गलत हो ।

यहि बीचमा तपाईहरु २ मन्त्रालय सहित सरकारमा जाने कुरा आयो नि रु

कैलाली, कञ्चनपुरलाई अलग राखेर संविधान संशोधन पारित गर्न खोजियो भने हामी सहमत हुँदैनौं । नवलपरासीदेखि कञ्चनपुरसम्मको भागलाई ५ नम्बर प्रदेश बनाउनुपर्छ

उहाँहरुले हामीलाई भनिरहनु भएको छ । अस्ति राष्ट्रपति भवनमा शेरवहादुर दाइले ९देउवा० पनि तपाइहरु सरकारमा आउनुपर्छ भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले पनि विजय दाइ ९गच्छदार०लाई सरकारमा आउनुस् भनिरहनु भएको छ । तर, हामीले हाम्रो मुद्दा संविधान संशोधनमा सम्बोधन नभएसम्म सरकारमा नजाने भनिसकेका छौं । बिजय दाइलाई पनि यहि कुरा भनेर पठाएका छौं ।

कमाउ मन्त्रालय नपाएर नगएको कि मुद्दा सम्बोधन नभएर रु

कमाउ मन्त्रालयको कुरा अहिले आएको छैन, पहिले भएको हो । अहिले त मुख्य कुरा मद्दा नै हो । कुन मन्त्रालय मालदार हुन् र कुन हामीले पाउने भन्ने तहमा कुरै भएको छैन । हामीलाई शेरबहादुर दाइले भनिरहनु भएको छ दुई मन्त्रालय सहित आऊ भनेर । प्रचण्डले पनि भनिरहनु भएको छ ।

तपाईहरुको मुद्दा चाहिँ के हो रु

हाम्रो मुद्दाबारे मान्छेहरुले भ्रम सिर्जना गरिरहेका छन् । म तपाई मार्फत क्लियर गर्न चाहान्छु, हाम्रो मुद्दा भनेको ५ नम्बर प्रदेशमा कैलाली र कन्चनपुरलाई ठ्याक्कै थप्नुपर्‍यो । कैलाली, कञ्चनपुरलाई अलग राखेर संविधान संशोधन पारित गर्न खोजियो भने हामी सहमत हुँदैनौं । नवलपरासीदेखि कञ्चनपुरसम्मको भागलाई ५ नम्बर प्रदेश बनाउनुपर्छ ।

यो कुरा त शेरवहादुर देउवा सुन्नै चाहदैनन्

उहाँले सुन्न चाहानु हुन्न भने हामी पनि उहाँहरुको कुरा सुन्दैनौं । सरकारमा जाने कुरा त परै रहृयो, हामी यो सरकार ढाल्न अर्को गठबन्धन बनाउछौं । शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्छ । तर, उहाँहरुले हाम्रो मुद्दा सम्बोधन गर्नु हुन्न भने प्रचण्ड नै प्रधानमन्त्री कायम हुने तर कांग्रेस चाहिँ सरकारमा नरहने समिकरण पनि बन्न सक्छ ।

अहिले तपाईहरु सत्तापक्षनै होइन र रु

हामीले सरकारलाई समर्थन गरेका छौं । सरकारले संविधान संशोधन बिधेयक ल्याउँदा हामीसँग सल्लाह गरेन । हामीले परिमार्जन हुनुपर्छ भनेका छौं । कैलाली कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राखेर अहिलेको सविधान संशोधन व्धिेयक पारित गराउन हामी चाहान्छौं । तर, उहाँहरुले मान्नु भएन भने हामी विपक्षमा मत हाल्छौं । हामी एमालेसँगको गठबन्धनम जान्छौं ।

तर विजय गच्छदार सरकारमा जान चाहेको, तपाइहरुले रोकेको भन्ने कुरा पनि आयो नि रु

त्यो गलत कुरा हो । बिजय दाइलाई हामीले रोक्ने कुरा छैन । तर, उहाँले नै हाम्रो मुद्दामा उहाँहरुलाई सहमत गराउन खोज्नु भएको छ । एमालेलाई पनि सँगै लिएर जानुपर्छ भन्ने उहाँको धारणा हो । एमाले बिना संविधान संशेधन गरेर त्यो कार्यन्वयन हुदैन भन्ने उहाँको कुरा हो । उहाँ राष्ट्रिय सहमतिको सरकार, राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन र राष्ट्रिय सरकारबाट निर्वाचन गराउने लाइनमा हुनुहुन्छ । दुई तिहाईको चक्करमा एमालेलाई बाइपास गरियो भने देश झन् ठूलो दुर्भाग्यपूर्ण अवस्थामा पुग्छ ।अनलाइनखबर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x