Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कोरियामा कामगरी फर्किकालाई पुनःरोजगारीका लागि भाषा परीक्षा

कोरियामा कामगरी फर्किकालाई पुनःरोजगारीका लागि भाषा परीक्षा

काठमाडौं,२४ साउन ।   रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियामा काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन गरिने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुशार आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा  संचालन गर्न लागिएको हो  ।

यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ । मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x