Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

क्यान ईन्फोटेक माघ ११ देखी १६ गतेसम्म

क्यान ईन्फोटेक माघ ११ देखी १६ गतेसम्म

काठमाडौं, २९ मंसिर । क्यान महासंघले यो वर्षको क्यान ईन्फोटेक माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिहरुको बारेमा जानकारी दिने उद्देश्यले महासंघले ईन्फोटेक आयोजना गर्ने भएको बताएको छ । यसपालिको क्यान ईन्फोटेकको २४औं संस्करण हो ।

क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट रहेको छ भने एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम रहेको छ । यस संकरणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” रहेको छ, ।

यस मेलामा ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।

यस पटकको ईन्फोटेकमा आयोजकले सर्वसाधारणहरुलाई प्रवेश शुल्क एक सय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x