Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

खस्कदो घर–जग्गाको कारोबार,रजिष्ट्रेशन वापतको राजस्व संकलन खुम्चियो

खस्कदो घर–जग्गाको कारोबार,रजिष्ट्रेशन वापतको राजस्व संकलन खुम्चियो

काठमाडौं, २३ जेठ । पछिल्लो समयमा घर–जग्गाको कारोबार खस्किदै गएको छ । नेपाल राष्ट्र बैंकले गरको पछिल्लो संर्वेक्षणले घर जग्गाको कारोवार एव रजिष्ट्रेसन बापतको  राजश्व संकलनमा कमि आएको देखाएको हो ।  गत वर्षको तुलनमा यस वर्ष घर–जग्गा रजिष्ट्रेशनको संख्यामा २० दशमलब ५ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार गत वर्षको यस अवधिमा रजिष्ट्रेशनको संख्या ६० दशमलब ७ प्रतिशतले बढेको थियो।राष्ट्र बैंकले ५७ जिल्लामा गरिएको स्थलगत सर्वेक्षण अनुसार घर–जग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ७ अर्ब ९४ करोड रुपैयाँमा खुम्चीएको छ। यो अघिल्लो वर्षको तुलनामा २१ दशमलब ५ प्रतिशतले कमि  हो ।

मुलुक संघियतामा गएकाले घर–जग्गाको कारोबार घटेको राष्ट्र बैंकले जनाएको छ। ‘देशमा सम्पन्न भएका तीन तहका निर्वाचनपश्चात् स्थानीय तहमा सरकारको अनुभूति हुने गरी संविधान प्रद्दत्त अधिकारबाट स्थानीयस्तरमा नै सरकारी सेवा सुविधा प्रवाह हुने कारणबाट ग्रामीण इलाकाबाट मानिसहरु शहरी क्षेत्रमा आउने क्रम रोकिन गएको’, राष्ट्र बैंकको स्थलगत सर्वेक्षणमा उल्लेख छ। साथै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने घरजग्गा सम्बन्धी कर्जामा कडाई गरेको र विप्रेषणको आप्रवाहमा कमी आएको कारण कारोबारमा कमी राष्ट्र बैंकले  उल्लेख गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x