Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद शेयर पौष ७ बाट बिक्री खुल्ला

गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद शेयर पौष ७ बाट बिक्री खुल्ला

काठमाडौं, १९ मंसिर । गण्डकी विकास बैंकको २५ प्रतिशत अर्थात ४ बराबर १ कित्ता हकप्रद शेयरको बिक्री खुल्ला पौष ७ गतेबाट हुने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ४६ करोड ९ लाख ८१ हजार पाँच सय रुपैयाँ बराबरको ४६ लाख ८ हजार ८१५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

गण्डकी विकास बैंकले हकप्रद शेयर निष्कासनका लागि मंसिर १५ गते शेयर दर्ता पुस्तिका बन्द गरेको थियो । नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासनको लागि मंसिर ४ गते स्विकृति दिएको हो ।

बैंकको हकप्रद शेयर निष्कासनको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि इक्रा नेपालबाट ग्रेड ३ को मापन पाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x