Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गण्डकी विकास बैंकले गर्याे हेटौडा र तानसेनमा शाखा विस्तार

गण्डकी विकास बैंकले गर्याे हेटौडा र तानसेनमा शाखा विस्तार

काठमाडौं, २३ जेठ । गण्डकी विकास बैकले मकवानपुरको हेटौडा र पाल्पाको तानसेनमा थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ ।

बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखाहरु संचालनमा रहेका छन् । साथै बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ्ग सेवा प्रदान हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x