Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

गरिमा रेमिट संचालनमा

गरिमा रेमिट संचालनमा

काठमाडौं, २ जेठ । गरिमा विकास बैंक लिमिटेडले गरिमा रेमिट सञ्चालनमा ल्याएको छ । यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने बताइउको छ । यस्तै बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने जनाएको छ ।

काठमाण्डौं महानगरपालिकाको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल राजधानीमा ५शाखा कार्यालय सहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएम संचालनमा ल्याएको छ । साथै बैंकले आगामी दिनमा झापाको दमक, काठमाडौंको नयां बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बाँंकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x