Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हरिको गोलमा एपीएफ सफल

हरिको गोलमा एपीएफ सफल

पुस २०, २०७३( हरि कार्कीको नायकत्वमा एपीएफ क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । मंगलबार अन्तिम क्वाटरफाइलनमा सीएमजी संकटालाई १–० ले रोक्दै एपीएफले अन्तिम चारको यात्रा गरेको हो ।

हरिले सुरुको १७ औं मिनेटमा गरेको गोल नै एपीएफको विजय आधार बन्यो । सुदीप सिख्राकारको क्रस संकटाका कप्तान रवि सिलवालले क्लियर गर्न खोज्दा बल डिफेन्डरलाई लागेर फर्कियो । त्यही बललाई हरिले चलाखीपूर्ण तबरले गोलमा परिणत गरे ।

एपीएफ सुरुदेखि नै संकटाविरुद्ध आक्रामक लयमा थियो । नवौं मिनेटमा सुदीपकै क्रस युवराज खड्काले बाइसाइकल किक गर्दा पोस्टबाट बाहिरियो । १६ औं मिनेटमा रूपबहादुर लामाको पासलाई नवीन लामाले हेडबाट गोल गर्ने प्रयत्न गरे । तर, खेर गयो । एपीएफका कप्तान मिलन राईले फाउल खेल्दा प्राप्त फ्रिकिकमा संकटाका रवि सिलवाल गोल गर्न चुके । एपीएफका नवीन लामा, श्याम नेपाली, युवराज खड्का, रामकुमार कुमालले राम्रा अवसर गुमाए । हेटौंडा गोल्डकपमा मनाङविरुद्धको खेल्दा एपीएफका ५ खेलाडी घाइते भएका थिए । यद्यपि उसको प्रदर्शन उत्कृष्ट रह्यो । संकटाविरुद्ध रञ्जन, अञ्जन विष्ट, आदित्य चौधरी, राजेन्द्र रावल र सरोज कोइरालाले खेल्न सकेनन् ।

दोस्रो हाफपछि संकटा एपीएफविरुद्ध हाबी भयो । संकटाका निराजन खड्का, विश्व अधिकारी, अफ्रिकन खेलाडी सेगुनले पटक पटकको मौका गुमाए । सुनील बलको क्रसमा सौजन राईले गरेको सुन्दर प्रहार गोलरक्षक राजु योगीले निस्तेज पारे । सेगुनको स्थानमा मैदान छिरेका रेजिन सुब्बाले पाएका केही राम्रा मुभ सदुपयोग गर्न सकेनन् ।

अन्तिम तीन मिनेट बाँकीमा सौजनको फ्रिकिक प्रहार खेर गयो । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । निर्धारित समयभर संकटाले गोल थपेर खेल बराबरी गर्ने प्रयत्न गऱ्यो तर सकेन । संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीबीचको तालमेल नमिल्नु नै हारको कारण रहेको बताए । ‘नयाँ मैदान र खेलाडीबीच तालमेल नहुँदा हार भोगेका हौं’, उनले भने, ‘टिमले सेटा अभ्यास गर्न नपाउनु हारको कारण हो ।’ एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले स्टार खेलाडीको अभावमा पनि संकटाविरुद्ध जित हासिल गर्नु उपलब्धि भएको बताए । ‘मनाङसँगको हारपछि जितको संकट थियो,’ उनले भने, ‘संकटालाई हराएर संकट टारेका छौं ।’ बुधबार पहिलो सेमिफाइनलमा रमपम झापा ११ र रुपन्देही ११ भिड्दै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x