Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गुणस्तरीय शिक्षाका लागि अभिभावकको रोजाईमा पर्दै मन्टेश्वरी

गुणस्तरीय शिक्षाका लागि अभिभावकको रोजाईमा पर्दै मन्टेश्वरी

काठमाडौं, २२ चैत । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी अभिभावकहरुको रोजाइ बनेको छ । सामान्यतया २ देखी ५ वर्ष उमेर समुहका बालबालिकालाई खेलखेलाउदै सिकाउने गरिन्छ ।

यसबाट बालबालिकाले प्रयोगात्मक तरिकाबाट आफै सिक्ने र पढ्ने वातावरण पाउने भएकाले आफ्ना बालबालिकाको सुन्दर भविष्य बनाउन अभिभावहरुको मुख्य राजाई यस्ता ठाउँहरु पर्ने गरेको छ। व्यस्त जिवन र एकल परिवारका कारण पनि अभिभावकलाई आफ्ना बालबालिकाको हेरचाह र पढाइका लागि समयको अभावका कारण पनि १८ महिना नपुग्दै मन्टेश्वरीमा भर्ना गर्ने प्रवृती बढेको किड्जी प्रि स्कुलकी कोडीनेटर इभिता बस्नेतले बताइन । मन्टेश्वरी बालकको चौतर्फि विकासका लागि उपयुक्त स्थान भएको उनले बताइन । ‘यहाँ बाल–बालिकालाई घर भन्दा अतिरिक्त नाच्न गान गर्न, समुहमा मिलेर बस्न, स्टेजमा बोल्न, पौडीखेल्न जस्ता थुप्प्रै सिपहरु र्सिजनात्मक तरीकाले सिकाइन्छ । ’ बस्नेतले भनिन् ।

सन् २०१५ बाट संचालन हुदै आएको यस मन्टेश्वरीमा अहिले उनीसहित ६जना महिला शिक्षिका र ५७ जना विद्याथी छन । बच्चाहरुलाइ विभिन्न शैक्षिक सामग्रीको प्रयाग गरी मनोरञ्जनात्मक किसीमबाट सिकाउनुका साथै उनीहरुको सम्पुर्ण विकासका लागी समुहमा भ्रमण लैजादा उनीहरुमा सिक्ने चाहाना बढ्ने उनले बताइन । पछिल्लो समय मन्टेश्वरी खुल्ने क्रम बढेको छ । प्रतिस्प्रर्धाका रुपमा यत्रतत्र खुल्दै गएका मन्टेश्वरीले दिने शिक्षाबारे पनि प्रश्न उब्जिन थालेको छ । सिकाईका हिसावले व्यवहारिक ठानिएपनि मन्टेश्वरीका लागि आवश्यक पुर्वाधार तयार गरे नगरेको, दक्ष शिक्षक भए नभएको बुझ्न भने जरुरी रहेको स्वयंम अभिभावहरु नै बताउछन् ।

बाहिरबाट रमाइलो वातावरण, रंगीचंगी संरचना र खेलमय संसार देखीएर लोभिनु भन्दा पनि व्यवहारीक शिक्षा बुझ्न जरुरी हुन्छ । घरमा परिवारले भनेको नमान्ने र आफु काममा जानुपर्ने भएकाले आफ्नो २ बर्षे बालक मन्टेश्वरी पठाएको बताउछिन् अभिभावक सरस्वती केसी । बच्चा हेर्ने मान्छे राख्नु नपर्ने र स्कुलमा राम्रो कुरा सिकाउने भएकाले मन्टेश्री पठाएको उनले बताइन ।

मन्टेश्वरी प्रर्णाली अन्र्तगत विद्यालयको वातावरण फरक किसीमको हुनु पर्दछ । २ बर्ष मुनिका बालवालिकालाइ कक्षा कोठामा कपी र कलको आवश्यकता पर्दैन, उनीहरुलाई प्रयोगशालाका सामाग्री, खेल, तस्बीर तथा चित्रका माध्यबाट बालबालिकाको सिकाइमा बिकास गरिनुपर्ने हुन्छ । यसकिसिमको सिकाइका कारण उनीहरु आफुले सिकेको कुरा कहिल्यै नविर्सिने र धेरैकुरा जान्न सक्ने हुन्छन् । बालकहरुको उमेर समुहलाई आधार मानेर शिक्ष्ण गराउनु पर्ने र कुन उमेर समुहका बालबालीकाका लागी के कस्ता सामाग्रीहरु प्रयाग गर्नु पर्दछ र यसबाट बालबालीकालाई कसरी सीकाउने भन्ने कुराको राम्रो ज्ञान शिक्षकमा हुन जरुरी रहेको निर्सग बाटिकाकी हेमा चन्द बताउछिन् । नत्र कलीलो उमेरमा बालबालीकालाई अभिभावकबाट मानसिक एवं शारिरीक रुपमा नकारात्मक असर पनि पर्ने उनको बुझाई छ ।
आफ्ना अभिभावकसंग रमाउने उमेरमा स्कुल पठाउदा नयाँ वातावरणमा समायोजन हुन धेरै असहज हुने गरेको पनि देखीन्छ । यसबाट बालकमा डर पैदा हुने र अनावश्यक चिन्ता लिने गर्दछन् । अहिले धेरै संख्यामा व्यवसायीक रुपमा विस्तार भएका मन्टेश्वरीहरुले खासै बालमैत्री सेवा दिन नसकेको गुनासो अभिभावकहरुको छ । मन्टेश्वरीको नाममा खोलिएका शैक्षिक संस्थाहरु पैसा आर्जन गर्ने तिर मात्र लाग्दा शिक्षामा खासै सुधार आएको देखिदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x