Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गोदावरी कुम्भ अमृत स्नान

गोदावरी कुम्भ अमृत स्नान

टीआर पाठक

बुढापाकाहरु भन्थे बाह्बर्षमा खोलो फर्किन्छ,। अर्ति उपदेश झुठा हुदैनन । बुढाहरु देखेको र सुनेको कुरोहरु आफ्ना पछिका पिडीलाई छोडेर जान्छन शरीर जिर्ण भएर नासिएर गएपनि अर्ति उपदेश राख्न सके यथार्त भने ज्यूंका त्यूं रहन्छन । हामीले बोलेको खेलेको हिडेको जे गरी रहन्छौ त्यस घटनाक्रमलाई आफ्नो अक्षय सीसी क्यामरामा कैद गर्ने बिश्वको अति चनाखो अदृस्य प्राबिधिकले चुस्त दुरुस्त रुपले संचय गरेको हुन्छ । हामी जे बोलेका हुन्छौ गरेका हुन्छौ ती सबै कुराहरु कोई पनि नासबान नभै यसै निलगगन मुनी रहेको बिशाल आकासमा भौतारि रहन्छ घुमीरहन्छ । हर ब्रमाण्डको आकार गोलोछ त्यसैले आफ्नो परिधीमा उ सबैलाई घुमाई रहन्छ । जस्तो हामी देख्छौ अनगिन्ती योजन टाडा रहनाले अति बिशाल भएर पनि आखाको ज्योतीले देख्न न भ्याएर पुञ्जमा जुनकिरी जत्रा चम्किरहेका पिण्डहरु जस्लाई तारा भनेर भन्दछौ त्यसैमा कुनै तारा तथा ताराको समुह आफ्नो गतीमा एकोहोरो दौडिरहेको देख्तछौ । तर त्यो कुनै घण्टा ,दिन,महिना,बर्ष, सयौ बर्ष हजारौ तथा लाखौ, करौडौ बर्षमा नबिरायर घुमीरहने क्रममा हामीलाई देखा पर्दछ उस्को समय सारीणी अनुशार भविष्यमा त्यसै गरी त्यसै स्थानमा अबस्य देखा पर्नेछ । किनकी निलोगगनको कुनै सीमा नै छैन यस आकासभित्र हाम्रा सूर्य जस्ता र सूर्यभन्दा पनि करौडौ गुना ठूला अन्य अनगिन्ती संख्यामा मा रहेका तमामौ पिण्डहरु छन । सबै पिण्ड तथा ताराहरु आफ्नो तह मर्यादामा रहेर आफुभन्दा ठूला पिण्डलाई मान्यजनको संज्ञा का साथ परिक्रमा गरिरहेका हुन्छन । त्यसै ब्रमाण्डको प्रतीकको रुपमा नश्वर शरीर भएर पनि मनुश्यको खोपडी भित्रमा रहने तत्वलार्ई बिधीले ले ब्रमाण्डको स्थान दिएकोछ । ब्रमाण्डको क्षेत्रको पनि सीमा नै हुदैन । बिधाताको मदतबाट यस ब्रमाण्डका प्रतीकले पनि योगबलका प्रभाबले बास्तबीक ब्रमाण्ड भित्रका तह तहमा सयर गरेर सफर गरेर घुसेर बिधाताको गोप्य सीसी क्यामराले पूर्बज मानवबाट भएका कार्यहरु कैद गरेको बश्तुलाई उजागर गर्न सफल हुन पुग्दछ । आंखीर मनुश्य भएन र ब्रमाण्ड र देबादि सबैको प्रतीक । भनाई को सिधासाधा अर्थ । जो हुन्छ त्यो आज मात्र भयो होईन त्यो कुनै समयमा भैसकेको थियो । अस्ती आकासमा उदाएका सूर्य हिजो पनि उदाएका थिए उनले आफ्नो गतीलाई निरन्तरा दिनकै निमित्त आज उदाएका हुन र भोली पनि त्यसै गरी उदाउने नै छन । आज रात हामीले आफ्नो समुहका साथ गतीलिएर दौडीरहेको लामपुच्छ्रे तारा केही महिना बर्ष पहिले पनि अबस्य पनि देखा परेकोहुदो हो तीनताक कसैकोे नजरमा अबस्य पनि देखा परेको हुदो हो । त्यस्तै निमेष पल मिनेट घडी दिन बाह्,सप्ताह महिना ,बर्ष युगादि को नाम समय जुन छ सो टिक टिक गर्दै आफनो गतीमा घुमीरहेको हुन्छ । यति मात्र होईन हामी जे बोली रहेकाछौ यि शब्दहरु पनि कुनै दिन हामी जस्तै या हामीले नै कुनै समयमा अन्य शरीर धारण गरेको बेला बोलेको हुनुपर्छ यि शब्द आबाजहरु खेर नगई सबै हाबामा नांचीरहेका हुन्छन कुनै समयमा उत्पन्न हुने नयां पिण्डले ब्रमाण्ड( मस्तिष्क)ले खिेचेमा चाहिएको खोज गरे जति उसैका बुद्धिबाट फेरी प्रकाशमा बुद्धिबिबेक र बलका प्रभाबले निरन्तर पर्यावरणमा लामपुच्छ्ेताराको समुह झै आफ्नो गतिमा नाचिरहेका बिचारलाई बिद्याका अनुशार बोलावट गर्न सके खैच्न सके ति बिचार अवस्य पनि आफुमा समाहित हुन पुग्दछन । खोज भएर नै बिगत युगका घटना बर्तमानले आफुमा समाहित यसैको एक नाम पनि हो चराचर जगत जसलाई तत्काल समयले नयां आबिष्कारको संज्ञा दिनपुग्दछ । कम्प्यूटर आउनु भन्दा पहिले जस्तो कुनै प्रेसको अक्षरहरुका खांचा राखिएका हुन्थे । कुनै कुरा प्रकाशनार्थ ती ती खांचाबाट अक्षरहरु मिलायर पंत्तीबद्ध बनायर कुनै प्रसंग छापिन्थ्यो । अरु पनि खांचामा तमामौ अक्षर बांकि नै रहीरहन्थे । फेरी फुकालीन्थे चाहिएको बेला त्यस्तै क्रम चलिरहन्थो । ब्रमाण्ड समेत बिशाल भएपनि गोलोछ ब्रमाण्ड भित्र तथा यसले रचना गरेको सबै बश्तु गोलो र चक्रसरी घुमी नै रहन्छ । ब्रमाण्डकै रचना गर्ने भएकोले त्यस अधभूत महाशत्तिदायकलाई अखील ब्रमाण्ड नायकको संज्ञा दिएको हो उ त्यति ठूलो छ जस्का पेट भित्र सूर्य परिबार जस्ता अनन्त कोटी ब्रमाण्डलाई सहज तरिकाले आफ्नो पेटको सानो भागमा कंगारुले उस्का बच्चाहरु सुरक्षित संग राखे जस्तै राख्न सब्तछ सानोमा अति सानो प्राणीको मुटु भित्र बास गर्न उसलाई कुनै बाधा पर्देन । त्यसैले चलिनै रहने कला भएकोले कालचक्र चौरासीको चक्कर भनेर भनिएको हो । खुद रचनाकार पनि गोलो हुन अंग लाई झुकाएकै हुन्छ । उस्को सबै रचना पनि घुमी रहन्छ । प्रसंग गोदावरी सहश्रस्नान सम्बन्धी जोड्न खोज्दा लामो भएर कता कता आफैलाई पनि सार प्रष्ट नभए गन्तब्य ने हरँय जस्तो रानु हराकि माहुरी जसो लागेको छ । गोदावरी जस्ती पबित्र गंगाको आफनै महिमा छ । यस पावन क्षेत्रमा परापूर्बकाल देखी यस्तै महाकुम्भ स्नान हुने गर्दथ्यो । कालचक्रकै प्रभावले कालान्तरमा गएर कुम्भ स्नान बाट महास्नान हुदै स्नान सम्म हुन पूस मसान्तको राती बिशाल मेला भएर मकर संक्रान्तीको दिन मात्र एक दिने स्नानमा सीमीत रहन पुग्यो देशकाल परिस्थितीले गत ०५२साल देखी पूस मसान्तको रात्रीमा लाग्ने त्यही ठूलो मेला पनि त्रासका कारण बन्द हुन पुगेकोे थियो । बैदिक सनातनको अपार शक्तिका कारण त्यसै धर्मसनातनका प्रभाबले बाह् बर्षमा खोलो आफनो स्थान फर्कन्छ भनेझै परापूर्बकालमा भैरहेने महास्नान सहश्रस्नान गंगा स्नान कुम्भमहास्नानको निरन्तरा दिन त्यसै पूण्यभूमीले बैदीक सनातन धर्मीजनलाई जागरण गराउन अपराशक्ति प्रभाबले प्रेरणा दिन पुग्दछ जस्को अप्रत्यक्ष महाशक्ती पाएर नै असाधारण महान पुण्यको प्रारम्भकै लागि महान आत्माहरु लक्ष्मीनारायण मन्दिरका पिठाधीस परमपूज्य श्रेद्धय १००८ स्वामी देवराज आचार्य ज्यू संरक्षक ,बरीष्ठ साहित्कार मेरा आदरणीय आत्मीय परम मीत्र श्रद्धेय पदमराज जोशी प्रभात ज्यू को संयोजकत्वमा.तथा अगुवाईमा समस्त हिन्दूधर्मालम्बीहरुले आ आफ्ना क्षेत्रमा रहेर सर्यौ बर्ष देखी अ‍ोझेल रहन गएको महाकुम्भ स्नान जस्तो महान र पबित्र कार्य पुर्नस्थापना गर्न सफल समेत हुनु भएकोछ यो सबैको लागि गर्वको कुरोे हो । यस महान अनुष्ठानलाई महास्नान प्रत्येक बर्षको मकरमा प्रत्येक तेश्रो मकरमा चौथाई कुम्भ प्रत्येक छैठौ मकरमा अर्ध कुम्भ र प्रत्येक बाह् बर्षमा पुरा कुम्भ रहने त्यसभन्दा प्रतेक २५,५०,१००,१२० का हिसाबमा पर्ने पनि हुन्छन त्यति माथि न जान सके पनि पूरा कुम्भ सम्मन निरन्तराका लागि नजीर भने अबस्य स्थापित गरिनु पर्दछ यस सफल अनुष्ठानलाई यत्तिकैमा बिट भने अबस्य पनि मार्नु हुदैन । यस पबित्र गोदावरी पूण्य सलिला गंगामा प्राचीनकालमा पनि महास्नान हुने भएकोले नै लामुपुछ्र्े तारा पुनः उसै स्थानमा देखा परे झै गोदाबरी कुम्भस्नान उसै कालचक्रले बिभिन्न निमित्त बनाएर यस पबित्र स्थानले आफ्नो वास्तबिक परिचय दिन समर्थ भयो जुनले पुर्नस्थान पाएरै छाड्यो । गोदावरी पूण्य क्षेत्र परापूर्बकालमा पनि आज झै दुलही सजाय झै सजाइंदो हो । बैदीककाल देखी नै समुल भारत बर्ष गंगा स्नानमा सामेल हुन्थे नै । टाडा टाडा बाट महान आत्माहरुको स्नानमा उपस्थिती रहन्थ्यो गंगा महास्नानका लागि पूस मसान्त अघि नै गोदावरी वर पर का स्थानमा आ आफना पण्डालहरु स्थापित गरेर माघ महिना भरी प्रत्येक पण्डालमा सन्तजनबाट महापुराण बाचन दिब्य प्रबजन हीतोपदेश दिने गरिन्थ्यो । मानब सागर उर्लिएर उपस्थित हुने भएकोले पण्डालहरु पनि टाडा टाढा सम्म रहन्थे । गोदावरी वरपरका मानब बासस्थान गाउं नगरका नामबाट पनि सजिलै संग अनुसन्धान गर्न सकिन्छ गोदावरी हामीले आज प्रकासमा ल्याएको होइन पहिले देखी नै हो फरक यति हो सूर्यलाई मात्र कुईरोले ढाकेको थियो । गोदाबरी महास्नानका लागि र कुल गुरु बशिष्ठ दर्शन भेटका लागि अयोध्यानगरी बाट पाल्नु भई घोडाघोडी तालमा नजिकै श्रीरामजीको आश्रम रहेकोले ताल मास्थिर गा बि स नै अझै रामशिखरझाला भनेर भनिन्छ । गोदावरी महास्नानकै लागि बाल्मीकी जीको पण्डाल बसेकोले बल्मी गाउ. भनेर भनिएकोछ साक्षात हरि बस्ने स्थानलाई हरैया भनेर भनिएको । श्रृगी ऋृषिको पण्डाल रहेकोले श्रीपुर भनिएको हो । इच्छाकु बंशी कुलगुरु बशिष्ठ जी गन्धमादन पर्बत बाट गोदाबरी महास्नानकै लागि एक महिने कल्पबासका खातिर पण्डाल स्थापना गरेकाले बशिष्ठ बाट अपभ्रन्स भएर बास्कोटा रहन गयो । त्यसै गरी अत्री अनुसुया दम्पति फलादि पर्बत नजिकै रहेको चित्रकुट हाल चित्र बिसौना मा परिणत भयो उनै अत्रीजीले स्नान अबधी सम्म गोदाबरी नजिक पर्ने स्थानमा पण्डाल तयार गर्नु भयो आत्रेय हुंदै अत्तरीया रहन गयो त्यस्तै गाल्ब महर्षि बाट गुलरिया रह्यो भने देबगुरु बृहस्पति पुत्र आएर गाल्ब नजिक डेरा गरेकाले कच हुंदै हाल किचाहीमा परिणत भयो । जम्बूदीपको कैलाश देखी दक्षिण हाम्रो नेपालको पहाड र तराई सबै देब भूमी हो । फलादि पर्बत सामु भगबान बिष्णु जी छहरा स्नान गर्न जांदा गरुड जी नामक बिमान अबतरण गरेकाले उक्त स्थानलाई गरुड गाउ भनेर भनिन्छ । मत्स्य अवतार दर्शनका लागि साक्षात महादेब हालको बुढी मछेली नजिक बिराजमान भएर माछाको आकार क्रमश बढदै जांदा स्नातान्तरण हुने क्रममा पहिला शिबको बास भएकोले त्यस स्थानलाई शालिबाटो भनेर भनिन्छ शिबजी नै समैजी भएर यस क्षेत्रका मनुश्यले आफ्नो कुल देवता मानेर पुज्दै आए मत्स्य अवतार बढदै जांदा ठूलीगाड मा समाहित गर्नाले नै त्यस नदीको किनाराको गाउलाई मत्स्य हुदै मस्य गाउं भनेर भनिन्छ जुन सहजपुर गा बि स मा पर्दछ । त्यस्तै बेद ब्यास बाट बेतकोट ।परशुराम बाट फर्शुनाम ब्रम देवबाट बरमदेउ, जमदग्नीबाट अपभ्रन्स भएर नै जिम्मो भनेर भनिएको हो । अब बिचार गरौ देवहरुको यति घनाबश्ती भएको हाम्रो तपोभूमी नेपाल नै पृथ्बीलोक भएर पनि स्वर्गलोक जस्लाई पाश्चात मुलुक कल्पेर राल काड्दछ । खुद स्वर्गका देवताहरु हाम्रो यस पुण्यभूमी देखेर यतै पुनाराबृतिका लागि लालायित भएका छन जस घरलाई कुशल गृहलक्ष्मीले संस्कारद्धारा सजायकिछिन त्यस मत्र्यलोकको सुखी भएको घर देखेर देबताहरु स्वर्गमा रहेर पनि यदा कदा उन्को सुधी नै हराउन पुग्दछ । बिडम्बना आफ्नै हिन्दूबंशजले कस्को सिधाका प्रभाबले गर्दा बैदीककाल देखीको हिन्दू सनातन धर्म बादी तपोभूमी नेपाल लाई संबिधानमा हिन्दू स्थापित गर्न सक्नु भएन बिदेशीको दबाबले निरपिक्ष स्थापित गर्न विवस भए बिचरा जोर नचले के गरुन उन्लाई दोष दिने स्थान प कहां रह्यो र ? यसरी देबी देबताको हाम्रो देश खोज हुन बांकि सबै देबगण ऋृषि महर्षिहरुको बिराजमान भएको पबित्र स्थल जुन अन्यत्र नभई हाम्रा वरी परि नै छन तर ओझेलमा परेका छन तिन्को गोदाबरी पुण्यधाम जस्तै खोज हुनु नितान्त जरुरी देखिन्छ । अंग्रेजले अनमोल बश्तु भारत बाट लुटेर लगेपनि केही छोडेर गएको पनि छ जस्का कारण भारत नेपाल भन्दा शिक्षामा धेरै अगाडी भएर नै उस्ले नेपाल तपोभूमी जन्मेका महामानवलाई , र महा पुण्य क्षेत्रलाई महान आत्मा जन्म दिने क्षेत्र केबल आफ्नै भारत मात्र हो भनेर जित्न खोज्दैछ र्। त्यसैले गोदावरी पुण्यधाम आजको मात्र नभई प्राचीन युगयुगान्तार बाट पबित्र भूमी थियो कालान्तारमा गएर ओझेल हुन गयो समय कालचक्रले पुनराबृति गराउनकै निम्ति उसै गराउने महाशक्तीले मित्र पदमराजजीहरुको समुह लाई निमित्त मात्र बनाएको हो । यस्तो देब भूमी पाएर पनि हामी अन्यत्र भौतारिन पुग्दछौ अब नजिकको तीर्थ कदापी हेला नगरौ । महिना पनि माघ अति उत्तम भगवान दिवाकर पनि मकर रेखामा प्रब्ेश गर्ने अयन पनि उत्तरायण प्रारम्भ हुने । आजै सम्मानीय राष्ट्र्पति ज्यू बाट २०७२ माघ ०१ गते देखी लगातार एक महिना सम्म रहने कुम्भमहास्नानको समुदघाटन हुने पावन असरमा गोदावरी पूण्य क्षेत्र जम्मा हुने मानब सागरमा हामी पनि समाहित भएर स्नान गरी पूण्य कमाउ अन्यत्र न भौतारिउ । र्र्
गोदावरी महातीर्थ पयोष्ठी वरदा नर्र्र्दी । (गरुडपुराण तीर्थमहात्म्य ८१ अध्याय १७औ श्लोक ) पुराणका अनुशार गोदावरीलाई महा तीर्थ भनेर भनिएकोछ ।बिद्धान सन्तका अनुशार गोदावरी गंगाको अर्को नाम श्री गौतमी गंगा भनेर भनिन्छ यिन्का २१वटा मुखहरु भएकि भनिएकोछ । स्नान सम्बन्धी ः अरुणोदयकाल देखि प्रातःकाल सम्म यसो भनिएकोर्र्छ बिहान झिसमिसेमा तारा हेर्दे गरिएको स्नान उत्तम हुन्छ । तारा देखिन छोडेपछि गरिएको स्नान मध्यम हुन्छ र घाम झुल्कीसकेको पछिको स्नान निम्न कोटिको हुन्छ किनभने माघ महिना सूर्य उदाय केही बेरपछि पानीले यस्तो आवाज गर्न थाल्छर्र्न यो ब्रम हत्या गर्ने, मद्यपान गर्ने, वा त्यस्तै अरु अरु कुन चाहि पतित व्यक्तिलाई हामीले पवित्र पार्नु पर्ने र्र्हो ब्रमचारी, गृहस्थ,वानप्रस्थ अथवा भिक्षु सन्यासी,बालक बृद्ध युवा नर नारी नपुंसक अर्थात समाजको सबैबर्गका ब्यक्तिहरु माघ स्नानका अधिकारी हुन्छन । यस बारे महाभारतमा महर्षि लोमश जी ले महाराजा युधिष्ठिरजीलाई भन्नुु भएको छ ः माघेसंक्रान्तिलाई कुम्भ संक्रान्ति भनिन्छ यस संक्रान्तिमा गंगा स्नान गर्ने व्यक्तिहरुले सय करोड कल्प सम्म पनि यस संसारमा अर्थात चौरासीमा पुनर्जन्म लिन आउनु पर्देन ।
दुःख दारिद्य नाशाय श्री बिष्णोस्तोषणा च ।
प्रातः स्नान करोम्यद्य माघे पाप बिनाशनम् ।।
मकरस्थे रवौ माघे गोबिन्दाच्यूत माधव ।
स्नाननानेन मे देव यथोक्त फलदो भवः ।। धर्म सिन्धु सार ।। अस्तु । हरि ॐ तत्सत् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x