Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्रीन डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको स्विकृति

ग्रीन डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको स्विकृति

काठमाडौं, ४ मंसिर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ । बोर्डले बैंकलाई हकप्रद निष्कासनको लागि मंसिर ३ गते स्विकृति दिएको हो ।

बैंकले एक बराबर चार कित्ता अर्थात चार सय प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्विकृति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद निष्कासन गर्ने छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरिएको छ ।

बैंकले १ बराबर ४ कित्ता हकप्रद शेयर निष्कासन गरे पछि बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल १० करोड रुपैयाँ पुग्ने जनाइएको छ । बैंकले निष्कासन गर्ने हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ५ दिएको छ । इक्रा नेपालको अनुसार बैंकको वित्तीय परिसुचकहरु कमजोर अवस्थामा रहेको कारण ग्रेड ५ दिइएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x