Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित

चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित

काठमाडौं, २० असार । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ । सो पुरस्कार शिÔा, विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले असार १९ गते नास्टमा आयोजित पुरस्कार वितरण कार्यक्रममा दिएका हुन् ।

सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. मुकेश कुमार चालिसे, प्रा. डा. रजनी मल्ल, डा. राम कुमार अधिकारी तथा प्रा. डा. अमर प्रसाद यादवलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ ।

नास्टको उक्त समारोहमा जम्मा २३ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समुहद्वारा कृतीहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x