Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

चार सुचिकृत कम्पनीहरुको बुक क्लोज

चार सुचिकृत कम्पनीहरुको बुक क्लोज

काठमाडौं, ४ पौष । नेपाल स्टक एक्सचेन्जले आज सुचिकृत चार कम्पनीहरुको बुक क्लोजको सुचना जारी गरेको छ । बुक क्लोजको सुचना दिनेहरुमा गोर्खाज फाइनान्स, युनाईटेड इन्स्योरन्स, नेपाल ग्रामिण विकास बैंक र खानीखोला जलविद्युत कम्पनी रहेका छन् ।

गोर्खाज फाइनान्सको शेयर दर्ता किताव बन्द पौष १४ देखी २५ गतेसम्मका लागि रहेको छ । फाइनान्सले पौष २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनीको बुक क्लोज पौष १२ देखी २६ गतेसम्मका लागि गरिने भएको छ । कम्पनीको पौष २६ गते २३औं वार्षिक साधारण सभा बस्ने भएको छ ।

पौष २८ गते वार्षिक साधारण सभा राख्ने भएकोले नेपाल ग्रामिण विकास बैंकको पौष १२ देखी २८ गतेसम्मका लागि बुक क्लोज गरिने भएको छ ।

खानीखोला जलविद्युत कम्पनीले पौष २८ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । जसका लागि कम्पनीले पौष १८ देखी २८ गतेसम्मका लागि बुक क्लोज गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x