Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चिठ्ठा मार्फत राष्ट्रिय सभा सदस्यहरुको पदावधि टुंग्याइयो, अर्थमन्त्री खतिवडाको पदावधि दुई वर्ष

चिठ्ठा मार्फत राष्ट्रिय सभा सदस्यहरुको पदावधि टुंग्याइयो, अर्थमन्त्री खतिवडाको पदावधि दुई वर्ष

काठमाडौं, ४ असार । राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल टुंगो लगाइएको छ । संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो । सोही अनुसार जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा निकाल्छ । उसको कार्यकाल त्यतिनै वर्ष हुने व्यवस्था थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ । त्यस्तै गृहमन्त्री रामबहादुर थापाको सांसद पद ६ वर्ष र अर्थमन्त्री डा.युवराज खतिवडाको सांसद पद २ वर्ष कायम भएको छ । राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा चार वर्षसम्म सांसद हुनेछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंलाई दुई वर्षको चिठा हात परेको छ ।

राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष कायम भएको छ । अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट कार्यकाल कायम भएको छ । प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि टुंगो लगाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x